Tag: darshana nepali

अमेरिकाबाट फर्किनन् उपमेयर दर्शना नेपाली

अमेरिकाबाट फर्किनन् उपमेयर दर्शना नेपाली

   
कालीकोट। जिल्लाको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि नगरपालिकाबाट सम्पर्कबिहिन भएकी छन्। असोज महिनामा काठमाडौं जान भनि हिडेकी उपप्रमुख नेपाली त्यस यता नगरपालिकाका फर्केकी छैनन्। उनी सम्पर्कविहिन हुँदा दैनिक काम काजमा समेत असर परेको छ। उपप्रमुख नेपाली असोज महिनामा काठमाडौं जान लागेको जानकारी दिएको तर त्यस यता सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए।