Tag: रौतहट

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

   
रौतहट। अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ। जिल्लाको गुजारा नगरपालिका ८ जोगलियामा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ। स्थानीयका अनुसार मंगलबार राती १० बजे एनसेल टावरमा आग्जनि भएको हो। यस्तै चितवनको कालिका नगरपालिका ९ मिलन बजारमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ। आज मात्रै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको थियो।