विज्ञान/प्रविधि

भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी

भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी

   
काठमाडौँ। अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्। उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए।द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्। भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्। यी रङ्गको मिश्रणले चरा द्विलि
फेसबुकले विरोध गरेको कानून अस्ट्रेलियामा पारित

फेसबुकले विरोध गरेको कानून अस्ट्रेलियामा पारित

   
काठमाडौँ। अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ। यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए। गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ। त्यो वार्तापछि गरिएको संशोधनमा
एप्पल म्याकबुकमा रहस्यमय भाइरसको आक्रमण

एप्पल म्याकबुकमा रहस्यमय भाइरसको आक्रमण

   
काठमाडौं । के तपाईंको साथमा पनि एप्पलको ल्यापटप छ ? विश्वमा सबैभन्दा सुरक्षित ग्याजेट मानिने एप्पलको म्याकबुकमा समेत भाइरसको हमला भएको छ । विश्वभरका करिब ३० हजारभन्दा बढी एप्पल म्याकमा एउटा नयाँ भाइरस फेला परेको छ । अझ हैरानीको कुरा त के छ भने कम्पनीले समेत यो हमला किन र कसरी भयो भन्ने कुरा पत्ता लगाउन सकेको छैन । प्रविधि सम्बन्धि साइट बिजनेस इन्साइडरका अनुसार हालै मात्र सार्वजनिक भएको एप्पल म्या
फेसबुकले बन्द गरिदियो म्यानमारको सेनाको पेज

फेसबुकले बन्द गरिदियो म्यानमारको सेनाको पेज

   
काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ। 'हाम्रो मापदण्डको पटक(पटक उल्लंघन गरेको तात्मादअ ट्रु न्युज इन्फरमेसन टिम पेज हटाइदिएका छौं',
फेसबुक समाचारमा शक्तिशाली बन्दै

फेसबुक समाचारमा शक्तिशाली बन्दै

   
काठमाडौँ। बिहीबार बिहान उठेपछि दशौँ लाख अस्ट्रेलियनले फरक स्वरुपको फेबसुक भेटे, जहाँ कुनै समाचार थिएन। मध्यराति, फेसबुकले अस्ट्रेलियन प्रयोगकर्ताहरुलाई आफ्नो सञ्जालमा समाचार शेयर गर्न वा हेर्न प्रतिबन्ध लगाएको थियो। टेक कम्पनीहरु समाचार सामाग्रीहरुका लागि पैसा तिर्नुपर्ने प्रस्तावित कानुनको जवाफमा यस्तो गरिएको थियो। फेसबुकले केवल केही वर्षमै आफुलाई त्यस्तो ठाउँका रुपमा स्थापित गरेको छ, जहाँ समाच
हवाइ यातायातको भाडा बढ्यो

हवाइ यातायातको भाडा बढ्यो

   
काठमाडौँ। हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाइ इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ। नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेकाले हवाइ इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले आज विज्ञप्तिमार्फत जनाएको छ। निर्णयअनुसार संघमा आबद्ध
सामाजिक सञ्जालमाथि कडाइ गर्दै सरकार

सामाजिक सञ्जालमाथि कडाइ गर्दै सरकार

   
काठमाडौँ। सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ। सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो। निर्देशिकाको मस्यौदासमेत तयार भएको छ। सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी
डार्विनका पिताले भन्थे,‘छोराले खानदानकै बेइज्जत गराउनेछ’

डार्विनका पिताले भन्थे,‘छोराले खानदानकै बेइज्जत गराउनेछ’

   
काठमाडौँ। पढ्न–लेख्न उनलाई फिटिक्कै मन पर्दैनथ्यो। उनका पिता चाहन्थे कि छोरा ठूलो भएर डाक्टर बनोस् तर उनलाई किरा फट्याङ्ग्रा र प्रकृतिबारे जान्न शौख थियो । यहाँ जसको कुरा भइरहेको छ, उनको नाम हो चार्ल्स डाविर्न । उनको जन्म आजकै दिन अर्थात् सन् १८०९ फेब्रुअरी १२ मा भएको थियो । चार्ल्स डार्विनका पिता रोबर्ट डार्विन र आमा सुसान डार्विन दुबै चर्चित डाक्टर थिए । त्यसैले उनीहरुको छोरा पनि डाक्टर नै बनोस्
नेटवर्किङ व्यवसायको नाममा भारत प्रवेश गर्न लागेकी युवाती फिर्ता

नेटवर्किङ व्यवसायको नाममा भारत प्रवेश गर्न लागेकी युवाती फिर्ता

   
पर्सा। सिन्धुपाल्चोकको पाँचपोखरी थङ्पाल गाउँपालिका–३ की २६ वर्षीया युवतीलाई शुक्रबार वीरगन्जस्थित नेपाल–भारत सीमा पार गर्नुअघि माइती नेपालका सीमा पहरेदारले केहीबेर सोधपुछ गरे। भारतको पटनामा नेटवर्क कम्पनीमा काम गर्न जान लागेको बताएकी उनका साथमा दुई पुरुष पनि थिए। एक जना मामा र अर्का काकाको छोरा रहेको उनले जानकारी दिइन्। उनीहरू भारतको विनर कम्पनीमा रोजगारीका लागि जान लागेका रहेछन्। तीमध्ये एक पुर
कक्षा ११ को सबै अधिकार विद्यालयलाई

कक्षा ११ को सबै अधिकार विद्यालयलाई

   
काठमाडौँ। कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ। बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए। अब पठनपाठन, आन्तरिक परीक्षा