टिकटक प्रतिबन्धप्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट अलिसनको सरकारलाई पत्र
काठमाडौँ। नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरेको निर्णयप्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसन नामक व्यापार संघले सरकारलाई पत्र पठाएको छ ।
सन् २०१० मा ईबे, गुगल, नोकिया, स्काइप र याहूले संयुक्त रूपमा स्थापना गरेको यो संस्थाले एसिया प्रशान्त क्षेत्रमा सार्वजनिक नीतिका मुद्दाहरूलाई सम्बोधन गर्न र इन्टरनेट अर्थतन्त्रको विकासलाई सहज बन