एभर्टन र टोटनह्यामको बराबरी
काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनसँग बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ६३औं मिनेटमा डेले अलीको गोलबाट अग्रता बनाएको थियो। तर, खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युङ मिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो।
अतिरिक्त समयमा एभर्टनले गोल गर्न सफल भय





