
चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा
काठमाडौँ। स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन्। बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।
३७ वर्षीय भिल्ला स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन्। भिल्ला १९ बर्षदेखि स्पेनिस टोलीमा सक्रिय थिए। सन् २०१० को