समाचार

माओवादी सांसद महेन्द्र शाहीद्वारा प्रधानमन्त्री ओलीको राजिनामा माग

माओवादी सांसद महेन्द्र शाहीद्वारा प्रधानमन्त्री ओलीको राजिनामा माग

   
काठमाडौँ। नेकपा (माओवादी) केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई नैतिक रूपमा कुर्सीमा बस्ने अधिकार नभएको बताए। देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको टिप्पणी गरे। सरकारले आफ्ना असक्षमताहरू लुकाउन सबै कुराहरू प्रतिपक्षीमाथि दोष थुपारेर नहुन
रूपादेवी यूवा सञ्जालद्धारा भित्तेपात्रो विमोचन

रूपादेवी यूवा सञ्जालद्धारा भित्तेपात्रो विमोचन

   
काठमाडौँ। रूपादेवी यूवा सञ्जाल, नरहरिनाथ ९ कालिकोटद्धारा प्रकाशित नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको छ। शनिबार संघीय राजधानी काठमाडौँको वाल्मिकी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर उक्त भित्तेपात्रो विमोचन गरिएको हो। सञ्जालका अध्यक्ष नृप शाहीको अध्यक्षता एंव नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्रजं शाहीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। सञ्जालका सचिव वशन्त शाही
नेपालमा एमसीसी परियोजना नरोकिने

नेपालमा एमसीसी परियोजना नरोकिने

   
काठमाडौँ। नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन्। अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको डजका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसरी परियोजना पाउने देशहरूमा नेपाल, मंगोलि
आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

   
काठमाडौं। आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादी समेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पु
माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौँमा छ: महासचिव भूसाल

माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौँमा छ: महासचिव भूसाल

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले  काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको भन्दै प्रमुख तीन दलको कडा आलोचना गरेका छन्। नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सहयात्री नेकपा माओवादी केन्द्र र सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसको कडा आलोचना गरेका हुन्। शुरुमै उनले नेकपा एमाले र प्
एमाले महासचिव पोखरेलले कर्णालीबारे फन्टुस कुरा गरे: विन्दमान बिष्ट

एमाले महासचिव पोखरेलले कर्णालीबारे फन्टुस कुरा गरे: विन्दमान बिष्ट

   
सुर्खेत। कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री विन्दमान विष्टले नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा आएर फन्टुस कुरा गरेको बताएका छन्। पोखरेलले केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रमका ‘एमालेको सरकार आएदेखि कर्णालीमा सचिवहरू आउने लहर चलेको’ भनेका थिए। साथै उनले कांग्रेस र माओवादी नेतृत्वको सरकार हुँदा सचिवहरू आउनै नमान्ने गरेको पनि सुनाएका थिए। यद्यपि अझै तीन जना सचिव खाली रहेको र प्रभावकार
कम्युनिष्टद्धारा सञ्चालित केरला भारतको पहिलो गरिबीमुक्त प्रान्त बन्दै

कम्युनिष्टद्धारा सञ्चालित केरला भारतको पहिलो गरिबीमुक्त प्रान्त बन्दै

   
केरला। दक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ। घोषणाअनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको लक्ष्य हासिल गर्ने सन्दर्भमा केरला पहिलो भारतीय राज्य हुनेछ। हाल त्यहाँ कम्युनिस्ट पार्टीको सरकार छ। यो उपलब्धिलाई त्यहाँको कम्युनिस्ट सरकारले समावेशी विकासतर्फ केरलाको योजनामा एक महत्त्वपूर्ण कदमको
पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

   
खुलालु। कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ‎ आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका २ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले पलाँता९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको जानकारी दिए। ‎‎मृत्यु हुनेमा पलाँता ४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर
देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने

देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने

   
काठमाडौँ। आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ। मौसमविद् हरिप्रसाद दाहालकाअनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ। उनकाअनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौ
देशमा झन् संकट आउने खतरा छ: महासचिव भूसाल

देशमा झन् संकट आउने खतरा छ: महासचिव भूसाल

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसालले आगामी वर्षमा देशमा झन् ठूला संकट आउने सक्ने पूर्वानुमान गर्नुभएको छ। नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै महासचिव भूसालले उक्त अनुमान गर्नुभएको हो। मुलत राज्य सत्ताको नेतृत्व गरिरहेको एमालेका कारण मुलुकले संकट ब्यहोरी रहेको महासचिव भूसालको दाबी छ। सामाजिक सञ्जाल फेशबुकमार्फत भन्नुभएको छ, ‘सत्तालम्पट नेतृत्वले गर्दा मुलुकले एकपछि अ