सुदूरपश्चिम प्रदेशको प्रसिद्ध ‘देहीजाँत’ मेला आज
हरिश चन्द,
डडेल्धुरा। हरेक वर्षझैं यसवर्ष पनि सुदूरपश्मिा मेलाको रौनकता छाएको छ। डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारामन्दिरमा आज मंगलबार भव्य मेला लागेको छ।
स्थानीय भाषामा ‘देहीजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दीरमा भव्यताका साथ मेला लाग्छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ।
राती लाग्ने मेलालाई ‘रतेडी’ र दिउँ









