
पूर्वराजा शाहले दिए परिवर्तनकारीलाई कडा चेतावनी
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तनकारीलाई कडा चेतावनी दिएका छन्। पूर्वराजा शाहले आज मंगलबार विहान १० बजेर ५१ मिनेटमा कमलादीमा बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन्।
उनले टिकापछि उनले जनताको अपेक्षाअनुसार नचल परिर्वतनकारीलाई अफ्ठ्यारो पर्न सक्ने चेतावनी दिएका हुन्। पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेको थियो। तर, पूर्व राजाले एक घन्टा अगावै टीका लगाएका थिए।