
एमसीसी पारित नहुँदै साढे ४४ करोड खर्च
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादमा परेको अमेरिकी अनुदान कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका कार्यक्रमको लागि सरकारले साढे ४४ करोड रुपैयाँ खर्च गरेको छ।
यो कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा १० अर्ब तीन करोड २७ लाख रुपैयाँ रकम विनियोजन गरेकोमा ६ महिनामा विनियोजन गरेको ४।४ प्रतिशत अर्थात ४४ करोड ४९ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्र