Flash news

मधेशमाथि कर्णालीको सानदार जित

मधेशमाथि कर्णालीको सानदार जित

   
काठमाडौं। कर्णाली यसभिसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा मधेश युनाइटेडमाथि जित हासिल गरेको छ। कर्णालीले सोमबार दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो। पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो। एक समय २४-१९ मा रहेर सहज जित तर्फ उन्मुख कर्णालीले निर
बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

   
काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन्। काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ। १० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन्। उनीहरुको निःशुल्क उपचार भइरहेको छ। करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ। आइतबार मात्र
नेपालसँग ओमान पराजित

नेपालसँग ओमान पराजित

   
काठमाडौं। नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ। क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो। १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो। ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए। रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभर
संस्कृतिलाई जोगाउन पहल गर्छु: मन्त्री पाण्डे

संस्कृतिलाई जोगाउन पहल गर्छु: मन्त्री पाण्डे

   
काठमाडौँ। संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल बहुजाती, बहुभाषि र संस्कृति लगायतमा धनी भएकोले ती कुराहरूको संरक्षण र प्रबर्द्धनमा आफुले सक्दो पहल गर्ने बताएका छन्। विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा साँस्कृतिक मंच नेपालको आयोजनामा शुक्रवार काठमाडौँको नाँचघरमा आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, भेषभु
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’

मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’

   
काठमाडौं। मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ । मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमाराखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको
ओडीआईमा नेपालको वरीयता खस्कियो

ओडीआईमा नेपालको वरीयता खस्कियो

   
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ। यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७औँ स्थानमा छ। आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो। नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेकोछ। ओमान पनि एक स्थान तल झर्दै १९औँ स्थानमा छ। युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

   
काठमाडौं। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निष
नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

   
काठमाडौं। क्यानडाले आईसीसी विश्वकप लिग-२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ। १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए । दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका स
नेपाल पुलिस क्लबका खेलाडीलाई भव्य स्वागत (तस्बिरसहित)

नेपाल पुलिस क्लबका खेलाडीलाई भव्य स्वागत (तस्बिरसहित)

   
काठमाडौँ। काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबका खेलाडीलाई भव्य स्वागत गरिएको छ। सोमबार बिहान स्वदेश फर्केको टोलीलाई प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले भव्य स्वागत गरेका हुन्। पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो स
सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

   
काठमाडौँ। सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वय