पुरानाले थिचे नयाँले, जलाए देश फेरि रोगी बन्यो ………… कविता
"काचैँ खाइएको देश"
पुरानाहरूले देश काच्चै खाए ,
कागजका सपना, कमिसनका जहाज उडाए।
तारे होटलमा खोला, नाला, सिमाना बेचे,
जनताको खुन पसिनाले मुछेको अन्नलाई भोज माने।
देशलाई काँचै टेबुलमा राखेर नुन ,तेल हाल्दै
कसरी गिलास ठोक्ने भनेर जाने।
तर नयाँले भने अर्को अध्याय लेखे,
काधमा झण्डा ,हातमा टायर र पेट्रोल लिए।
न्यायको नाममा न्यायालय जलाए
भ्रष्टाचार जलाउने भन्दै सिंहदरबार जलाए।
देशको घाउ नि









