अर्थ-कर्पोरेट

जाजरकोटमा ३३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

जाजरकोटमा ३३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

   
जाजरकोट। जाजरकोटमा यस वर्ष ३३ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १६ प्रतिशत उत्पादन बढेको जिल्लामा ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको हो । पराम्परागत खेती प्रणालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गहुँ खेती जस्ता अन्न बाली उत्पादन गर्दै आएको जमिनमा किसानहरुले बर्षेनि व्यावसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । जसले ग
विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

   
उदयपुर। उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन्। उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौँ”, छात्र विवश ला
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क

   
काठमाडौँ। कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क तिर्नुपर्ने भएको छ । मंसिर ६ गते बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले तय गरेको हो । जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ । कांग्रेस संसदीय दलको नेतामा सभापत
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

   
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको खुद्रा मूल्य भने हाललाई यथावत् राखिएको छ ।
उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

   
काठमाडौँ। खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन् । महाङ्कालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायी रुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीन रुपमा समाधान गर्नेछौँ”, उनले भने । उनले विज्ञहरुको
सुनको मूल्य प्रतितोला एक लाख ३०० पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख ३०० पुग्यो

   
काठमाडौँ। सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार छापावल सुन प्
मेलम्चीको पानी कुन ट्यांकीबाट कति लिटर वितरण हुँदैछ ?

मेलम्चीको पानी कुन ट्यांकीबाट कति लिटर वितरण हुँदैछ ?

   
काठमाडौँ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौँ वासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए। मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डा
एनसेलले माग्यो सेवाग्राहीसँग माफी

एनसेलले माग्यो सेवाग्राहीसँग माफी

   
काठमाडौँ। बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो । एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असु
एमसीसी: तीन सय किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

एमसीसी: तीन सय किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान

   
काठमाडौँ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल 'एमसीए–नेपाल' ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ। पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट ९२०८० को साउनरभदौ०देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४०
डलरमा चुनावी प्रचार : न नियमन न कर

डलरमा चुनावी प्रचार : न नियमन न कर

   
काठमाडाैँ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्नो कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वाभाविक एवं आवश्