सत्तारुढ नेकपाका विद्यार्थी नेताहरु ‘एमसिसि’ को विरुद्धमा



काठमाडौँ। अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय नेताहरु मिलेनियम च्यालेन्ज कप्रोरेशन ‘एमसिसि’को विपक्षमा उभिएका छन्।

पछिल्लो समय एमसिसीको बारेमा विवाद जारी छ। यसका बारेमा अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ लेख्छन् ‘डलरको हरियो घाँस देखेर राष्ट्रियता बेच्न सकिँदैन जतिसुकै पवित्र उद्देश्यले ल्याइएको भएपनी (एमसिसी) देशले गलत ठानिसक्यो। तीन हात उफ्रेर एमसिसी सहिछ भनिरहनु जरुरी छैन। सभामुख र एमसिसिको म्युजिकल चिएर वरिपरि चक्कर काटी रहेको देशको राजनितिलाइ निकास दिन नेत्तृत्व जिम्मेवार बनोस्।’

त्यस्तै अनेरास्ववियूकी नेता पन्चा सिंहले एमसीसी मार्फत नेपालमा सैन्य क्रियाकलापका लागि क्याम्प राख्ने र नेपाललाई ईरान जस्तै रणभूमि बनाउने अमेरिकी रणनीति अस्वीर गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छन्।

उनले दिनको घाम जतिकै छर्लङ्ग भैसक्दा पनि एमसीसीको पक्षमा वकालत गर्नु हाम्रो राष्ट्रियतालाई अमेरिकी डलरमा लिलामि गर्न खोज्नु हो भनेकी छन्। एमसीसीको बाहनामा रास्ट्रियता लिलामि गर्ने कसैलाई छुट भएको उनको भनाई छ। नेता सिंहले एमसीसी बहिस्कार गर्न सुझाव दिएकी छन्।

अनेरास्ववियूका नेता तथा साबिक अखिल (क्रान्तिकारी) का उपाध्यक्ष लेख्छन खबरदार ! सडकबाट बहिस्कार गर्नु नपरोस् !

१.एमसीसीको प्रावधान र प्रक्रिया हेर्दा इन्डोप्यासिफिक सैन्य रणनीती अन्तर्गत रहेको कुरामा दुईमत छैन।
२.यसको दिर्घकालिन रणनीति नेपालको भुमि प्रयोग गरेर दक्षिण एशियामा अमेरिकी हस्तक्षेप बढाउने नै हो।
३.यो प्रोजेक्ट नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधिनता र असंलग्न परराष्ट्र नीतिका बर्खिलापमा रहेको प्रष्टै छ।
४.यो प्रोजेक्ट को पक्ष र विपक्षमा अहिले नै एति धेरै चर्चा हुनु र गराईनुमा नेकपाको एकता प्रक्रिया बिथोल्ने र बिभाजनतिर धकेल्ने राजनितिक उद्देश्य समेत अन्तरनिहित देखियो।
५. खबरदार १ यो प्रोजेक्ट पारित गर्ने नेता र संसदहरुलाइ जनस्तर र सडकबाट बहिस्कार गर्नु नपरोस्।

अनेरास्ववियूका केन्द्रीय सदस्य सुमन श्रेष्ठ लेख्छन्,‘राष्ट्रिय स्वाधीनतालाइ बन्धकी राखी, नेपाली जनतालाइ गुमराहमा पारी, संसद हलको गरिमामा नै आच आउने गरि नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त भएको संविधानलाइ संसोधन गरि पारित गर्न खोजिएको एमसीसी नेपाली जनताले सडकबाट नै बहिस्कार गर्नुपर्छ।’