झलनाथलाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन्।

नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा खनाल निवासमा पुगेका हुन्। उनले खनालको पूर्ण स्वास्थ्यलाभको कामना गरे। नेता खनाल गत सोमबार भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका हुन्।