समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

   
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो। यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
इलाम-२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार

इलाम-२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार

   
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको रास्वपा सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, र डा.शेषरमण न्यौपानेको उम्मेद
आपीएल २०२४: रेकर्डहरू भत्किएको रात

आपीएल २०२४: रेकर्डहरू भत्किएको रात

   
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ । बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो । बुधबारको खेलमा थुप्रै रेकर्डहरू तोड
उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार

उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार

   
काठमाडौँ। आगामी वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य १ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन्। सत्ता गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन्। यी पाँच दलमध्ये जसपा अनिर्णीत बन्दा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने घोषणा
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू

   
काठमाडौँ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्या
कर्णाली प्रदेशमा एसईई दिने विद्यार्थी घटे

कर्णाली प्रदेशमा एसईई दिने विद्यार्थी घटे

   
सुर्खेत। बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यो वर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार ९७० जना विद्यार्थीले एसईई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ विद्यार्थी कम भएका छन् । प्रदेश शिक्षा विकास निर्देशनालय कर्णालीका अनुसार
अलमलमा अख्तियार, ओझेलमा टेरामक्स

अलमलमा अख्तियार, ओझेलमा टेरामक्स

   
काठमाडौँ। दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता आरोप लागेका बहालवाला मुख्यसचिव, सचिवदेखि तत्कालीन मन्त्रीसम्मका व्यक्तिविरुद्धको अनुसन्धान टुंगिए पनि मुद्दा दायरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलमल गरेको छ। टेरामक्स प्रकरणमा करिब एक वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारका प्रमुख प्रेमकुमार राई १५ फागुनमा संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएर निष्कर्ष आउनै लागे
मौसम पूर्वानुमान: अझै तीन दिन बदली

मौसम पूर्वानुमान: अझै तीन दिन बदली

   
काठमाडौँ। कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेक
नेपालद्वारा आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित

नेपालद्वारा आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित

   
काठमाडौं। नेपालले मंगलबार दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराउँदै दुई खेलको सिरिज जित्न सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रन जोडेपछि नेपाल २ सय रन नजिक पुगेको थियो ।
ओली र प्रचण्डबीच भेट, कर्णालीको विषयमा मतभेद

ओली र प्रचण्डबीच भेट, कर्णालीको विषयमा मतभेद

   
काठमाडौँ। सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केहीदिन यता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् । छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे कर्णालीबाहेक अन्य सबै प्रदेशमा मोटामोटी भागबण्डा टुङ्गिएको नेताहरूको भनाइ छ । तर कर्णालीमा भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचमा जबरजस्त दाबी देखिएपनि निष्कर्ष निस