‘फुटेर होईन, जुटेर संकटको सामना गरौँ’



मुलुक यतिवेला ठूलो संकट र एकखालको विपत्तिको सामना गरिरहेको छ । २०८२ भाद्र २३ को नरसंहार र २४ गतेको अपराधिक विध्वंशले निम्त्याएको संकटले पार पाउने मेसो देखिन्न । तर, प्रमुख राजनीतिक दलभित्र यतिबेला नेतृत्व हस्तान्तरण चर्चा चलिरहको छ । यस विषयले मलाई पनि अछुतो राख्न सकेको छैन ।

खासगरी मेरो आस्थावान् पार्टी नेपाली कांग्रेसभित्र अहिले चलिरहेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयले मलाई थप सोच्न र केही लेख्न बाध्य बनाएको छ । पारिवारिक पीडा उल्झन र समस्याका बिचमा पनि अस्थिर, अन्यौल र असंवेदनशील बनेको नेपाली रानीतिक अवस्थाका बारेमा केही चिन्तन, मनन र बहस नगरिकन सचेत मान्छे मुखदर्शक बन्न उचित ठानिएन । मेरो पुस्ताका जिम्मेवार पदाधिकारी, जनजी पुस्ताका अधिकारी, उक्त विद्रोहबाट प्राप्त उपलव्ेिधलाई अनुकुलित बनाउँन, उन्नति र प्रगतिको मार्गमा मुलुकलाई चलायमान बनाउनका निम्ति हामीले संम्यक बनेर केही जरूरी काम गर्नैपर्छ ।

विधान संशोधन

सबै कलष्टर, वर्ग क्षेत्रको सुनिश्चित प्रतिनिधित्व हुनेगरी पार्टीको विधान संशोधन गरौँ। जेन्जी पुस्ताको अर्थपूर्ण सहभागिता बिनाको पुरानो महाअधिवेशन प्रतिनिधिवोट विशेष महाअधिवेशन भन्ने व्यर्थको वेहस नगरौँ। कर्मचारी संयन्त्र र प्रसाशनिक तन्त्रमा आमूल सुधार गरौँ । पार्टी क्रियाशिल सदस्यको प्रोफाईल र रोष्टर तयार गरौँ ।

त्याग, तपस्या, अनुभवको सम्मानगरी उचित स्थान दिउँ । तिललाई पहाड नबनाउँ । धमिलो पानीमा माछा मार्ने दुश्प्रयास नगरौं । शिष्टता र संम्यमता अपनाउँ । जेनजीलाई न्याय हुनेगरी, जेनजी पुस्ता समेट्ने गरी पहिला क्रियाशिल सदस्यता वितरण गरौं । वडा, पालिका प्रदेशका अनि भातृ तथा शुभेच्छुकका अधिवेशन समयमा सम्पन्न गरौँ । प्रदेश र संघको अवस्था के हुने हो ? सोही अनुरूप महाअधिवेशन गरौ । जेनजी पुस्ताको सुनिश्चितताका लागि विधान संशोधन अगाढी बढाउनुस् । हाल वेहाल नेपालमा रहेको सकृय ५ पुस्ताको अस्थित्वको सहअस्तित्वको विचार गर्नुस् ।

युवा वा जेनजी उमेर समूहलाई लिने हो भने तपाई हामी कोही पर्देनौं ? हामी पनि जेष्ठ र पाको उमेरमा पुग्ने छौं र पुग्दैछौँ ? भन्ने हेक्का गरौं । अरूलाई दोषारोपण गरेर पानी माथिको ओभिनो नवेनौं । दुधको साछी जेनजी बिरालो नबनौं । वर्तमान मन्त्रीमण्डल हेर्दा उमेरलाई हेरेको देखिन्न । मौकामा चौका अनि हरूवा गोरूको छेरूवा दाउतिर कोही नलागौं । उमेर समुहको जेनजी होईन, युवा र जेनजीको भावना समेट्ने विचार समुहको प्रतिनिधित्व गर्ने जो पनि सभापति र प्रधानमन्त्री हुन सक्छन् । यो समय संम्यम हुने समय हो । सम्पूर्णलाई समेट्ने समय हो । यो समय उत्तेजना फैलाउने र शान्त तलाउमा ढुंगा हान्ने समय होईन । धमिला पानीमा माछा मार्ने मौका नकुरौं ।

यो हामी सच्चिने समय हो । तडक भडक र स्टण्टबा अलग रहने समय हो । हिन्दू धर्मसहितको सर्वधर्मको अस्थित्व कायम गर्ने समय हो । सुशाशन कायम गर्ने समय हो ? उधारा पद बाड्ने समय होईन । विदेश गएकालाई स्वदेश फर्काएर स्वदेशमै आत्मनिर्भर कसरी गराउने त्यतातिर सोच्नुपर्ने बेला हो । राजनीतिक विश्लेषण गर्न राजनीतिक सुत्र प्रयोग गर्नु पर्दछ । राजनीतिमा अराजनिति मिसाउदा, सुशाशनमा कुशाशन मिसाउदा आउने परिणाम खराव नै हुन्छ ।

समाजलाई थप निरूत्साहित नगरौं । नेपाली समाज यतिखेर निराशा व्याप्त छ । यसलाई सहि ढंगले चिर्नुपर्छ । सबथोक भत्केको मात्र छैनन्, केही राम्रा काम भएका पनि छन् । राम्रा कामलाई राम्रो किन नभन्ने ? युवा पदाधिकारीहरू कहाँ कहाँ चुक्नु भएको छ ? पहिले त्यसको ठोस् विश्लेषण गर्नुस् र आत्मसमिक्षा पनि गर्नुस् । नेतृत्व बदल्दैमा फरक पर्छ भन्ने छैन । सुशाशन, सादगी, सरल जीवनशैली अपनाउने कदमजमलाई पछ्याएर अब्बल र अनुभवी नेतृत्व खोजेर र रोजेर पुर्नजागरण गरौं। यसैमा कांग्रेसको भलाई हुनेछ । कांग्रेसको भलाई भयो भने देशको भलाई हुनेछ । मुलुकले असल र सफल पार्टीको आवश्यक ठानेको छ । यसलाई सबैले गम्भीर भएर मनन् गरौं ।