स्ववियुको आयोजनामा बिपद प्रतिकार्य प्रदर्शनि !



जुम्ला । जुम्ला बहुमुखी क्यामपस जुम्लामा बिपद प्रतिकार्य प्रदर्शन गरिएको छ ।

स्वतन्त्र बिध्यार्थी युनियन जुम्लाको आयोजनामा आइतबार बिहान बिपद प्रतिकार्य प्रदर्शन गरिएको स्वबियु सभापती लोकेन्द्र बहादुर बुढाले बताए । उक्त कार्यक्रममा प्रहरीले व्यवहारिक अभ्यासमार्फत विपद प्रतिकार्यका विभिन्न चरण प्रदर्शन गरेका थिए । कसरी घाइतेलाई प्राथमिक उपचार दिने, भीड व्यवस्थापन कसरी गर्ने, उद्धारका साधन प्रयोग गर्ने र सुरक्षित स्थानमा कसरी स्थानान्तरण गर्ने ? जस्ता गतिविधि प्रत्यक्ष अभ्यासमा प्रदर्शन गरिएको थियो ।

प्रदेश बिपद तालिम केन्द्र जुम्लाबाट प्रहरी निरिक्षक थानेस्वर चापागाइको टोलिले यो प्रदर्शनी गरेको हो । यस्ता प्रदर्शनि ले समाजमा घट्ने बिपद जन्य घटनाबाट वचन र बचाउन सहयोग मिल्ने क्यामपस मा अध्यापनरत शिक्षक जगदीश न्यौपानेले बताए ।

प्रदर्शनिमा क्यामपसका प्रध्यापक, बिध्यार्थी र स्वबियु सदस्य सहितको उपस्थिती रहेको थियो ।