कर्णाली यशविसका गतिविधि तीव्र, टिकटक फेसमा मिस पवि



काठमाडौँ। एभरेस्ट महिला भलिबल लिगको दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशविसले आफ्ना गतिविधि तीव्र पारेको छ।

यसै क्रममा टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा शाँकी (मिस पवि) लाई अनुबन्ध गरेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि ‘मिस पवि’लाई कर्णालीले अनुबन्ध गरेको हो। यस अघिले टोलीले तीज मनाएको थियो । फोटो सेशनदेखि सामाजिक सञ्जालमा प्रचार कार्य तीव्र बनाएको छ।

कर्णाली यशविसले टिममा ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरिया अनुबन्ध गरिसकेको छ। उनीहरू केही दिनमै नेपाल आउँदै छन्।

यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ। पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्ने लक्ष्य राखेको छ।