जुम्ला क्यामपसमा स्ववियुको हेल्पडेस्क स्थापना !



जुम्ला। जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्वतन्त्र बिध्यार्थी युनियन(स्वबियु) ले हेल्पडेस्क स्थापना गरेको छ ।

क्याम्पसमा बिध्यार्थिका समस्या समाधान होस, बिध्यार्थिले क्यामपस प्रशासन संग सोध्न नसकेका विषयको सुनुवाइ होस र नयां तथा पुरना भर्ना कार्यक्रममा सहजिकरण होस भन्ने उद्देश्यले सहजिकरण कक्ष अर्थात हेल्प डेस्क स्थापना गरिएको स्वबियु सभापती लोकेन्द्र बुढाले बताए ।

बुढाले बिध्यार्थिको लागि स्थापना भएको स्वबियुले बिधार्थिका समस्या समाधान गर्न सानासाना काम भएपनी गरिनुपर्ने बताए ।

६ गते शुक्रबार बाट स्थापना गरिएको हेल्प डेस्कले बिध्यार्थीहरुले समस्या सुनाइराखेको र क्यामपस प्रशासन सम्म ती समस्या पुराइ समाधान गरिरहेको स्ववियु सदस्य  सुजता रावत ले बताइन ।

सभापति बुढाका अनुसार हाल बिहान ७ बजे देखि क्यामपस सुचारु हुने समय देखि हेल्प डेस्क राखिने बताए ।