हुम्लाका महतारा बुवा छोराले नै अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन ।
मलेसियामा यहि अगस्ट ७ देखि संचालन भएको ७ औं हिरोज इन्भिटेस्नल तेकवान्दो कपमा फ्यामिली तर्फ बाट हुम्लाका बिस्नु महतारा र ७ बर्षिय छोरा स्वामिक महताराले स्वर्ण पदक जितेका हुन ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै फ्यामिली पुम्से तर्फ बुवा छोराले नै स्वर्ण पदक जितेको नेपाली टिलिका प्रतिनिधि तथा न्युजेन स्पोर्ट्सका प्रशिक्षक सुपृम गुरुङले बताए ।
३० देशका ३ सय ५७ टोलीका २५ हजार भन्दा बढी खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा नेपाल बाट प्रतिनिधित्व गरि ललितपुरमा रहेको न्युजेन स्पोर्टका खेलाडीले उक्त कपमा ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन ।

इन्डिभिजुयल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक जितेको अन्तरास्ट्रिय रेफृ तथा न्युजेनका ब्यबस्थापक समेत रहेका प्रबिन थापाले स्वमिक महतरा र रिया अर्यालले इन्डिभिजुयल पुम्सेमा रजत पदक जितेको बताए ।




