काठमाडौँ। रूपादेवी यूवा सञ्जाल, नरहरिनाथ ९ कालिकोटद्धारा प्रकाशित नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको छ।
शनिबार संघीय राजधानी काठमाडौँको वाल्मिकी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर उक्त भित्तेपात्रो विमोचन गरिएको हो। सञ्जालका अध्यक्ष नृप शाहीको अध्यक्षता एंव नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्रजं शाहीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
सञ्जालका सचिव वशन्त शाहीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो। साथै उक्त अवसरमा कालिकोटबाट काठमाडौँमा रहेर विभिन्न क्षेत्रमा ख्याती कमाएका कलाकार, समाजसेवीलाई सम्मानसमेत गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सञ्जालकी सदस्य जागृति शाहीले स्वागत मन्तव्य राखेकी थिइन्।