देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने



काठमाडौँ। आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ।

मौसमविद् हरिप्रसाद दाहालकाअनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ।

उनकाअनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ।

‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ। मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला।’