लाखौं, हजारौं वर्षहरू पार गर्दै मानव समुदाय इशापूर्व १९औँ शताब्दीसम्म आइपुगेपछि महत्वपूर्ण मोड लिएको पाइन्छ। यतिभन्दा भन्दै पनि प्रकृति मानव समाज, मानव चेतनाको उत्पत्ति र विकास कसरी भयो ? भन्नेबारेमा एकमत पाईँदैन। तथापी १९औँ शताब्दीसम्म आइपुग्दा विश्व मानव समुदायले माक्र्स र एंगेल्स जस्ता महान व्यक्तित्व पायो।
मानव जातिले गरिरहेको आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक विषयमाथि भइरहेको अध्ययन संश्लेषणमाथि गहन प्रश्न खडाभयो । माक्र्सले हेगलको द्धन्द्धवाद र फारवाकको भौतिकवादलाई जोडेर द्धन्द्धात्मक भौतिकवाद निर्माण गरेका थिए । माक्र्सको निष्कर्ष अघि मानव दुनियाँ टाउको टेकेर हिड्ने विश्वास गथ्र्यो। हेगलको विचार टाउकोले टेकेको र त्यसलाई सुल्टो, खुट्टाले उभ्याउने काम माक्र्सले गरेका थिए । बस्तु चेतनाको उपज नभएर चेतना बस्तुको उपज भएको माक्र्सको निष्कर्ष थियो । माक्र्सले विचार, चेतना निर्माण मस्तिष्कबाट हुन्छ । तर, स्वयं मस्तिष्क पनि पदार्थ तत्व (गिदी) बाट हुन्छ भन्ने कुरा आम मानव दुनियाँलाई बाँडेका थिए ।
त्यसपछि १८४८ मा माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र प्रकाशित भएपछि विश्व कम्युनिष्ट आन्दोलनको ऐतिहासिक सुरुवात भएको हो । यसपूर्व सचेत वर्ग, श्रमिक वर्ग, अन्यायमा पारेका वर्ग आदी राज्यसत्ताको विरोध गरेपनि आधिकारिक रुपमा संगठित भएको देखिदैन । तथापी सन् १८६४ मा गठित पहिलो अन्तर्राष्ट्रिय नै आधिकारिक र पहिलो कम्युनिष्ट पार्टी मान्ने गरेको छ । माक्र्सको पहलमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रियको स्थापना ।
नेतृत्व दक्षिणपन्थी, अवसरवादीले पार्टी कब्जा गरेपछि सन् १८७६ मा माक्र्सकै प्रस्तावमा अन्तर्राष्ट्रिय विघटन । सन् १८८३ मा माक्र्सको निधन भएपछि एंगेल्सद्धारा पार्टीको नेतृत्व । उनकै नेतृत्वमा १८८९ मा दोस्रो अन्तर्राष्ट्रिय गठन । त्यसपछि रोजा, रुसमा लेलिन, माओ, स्टालिन, चे, लगायतका विश्व चर्चित कम्युनिष्ट नेताहरुले कम्युनिष्ट आन्दोलनलाई अघि बढाए ।
नेपालमा कम्युनिष्ट आन्दोलन
२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।
कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो।
आज नेपाली कम्युनिष्ट नामका अनेकौं पसल छन् । तर, नेपाली कम्युनिष्टको मुल प्रवाहका रुपमा नेकपा (एकीकृत समाजवादी) अघि बढिरहेको छ। जसले समाजवादी कार्यक्रमसहित आफ्ना एजेण्डा जनताको बिचमा लिने प्रयास गरिरहेको छ।