हुम्लाबाट करिब १ करोड मूल्य बराबरको स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।
यस आर्थिक बर्ष देखि स्याउ निर्यातमा अनुदान दिन थालेपछी सो मूल्य बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वन एकाइ हुम्लाका प्रमुख उमेश फडेराले बताए ।
फडेराले गत बर्षहरुमा आफन्तहरुलाइ नासोको रुपमा निकासी हुने स्याउ यो बर्ष सडक संजालमा जोडियसंगै जिल्ला बाहिरको बजारमा पुर्याउदा सो मूल्य बराबरको स्याउ निर्यात भएको बताए ।
हुम्लाको स्याउ काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज मात्र नभएर भारतको दिल्लीसम्म लगिएको स्याउ निकासिका लागि सुचिकृत ब्यापारिहरुले बताएका छ्न । किसानबाट जिल्लामा खरिद गर्दा व्यापारीहरुले प्रतिकेजी २५ देखि २८ रुपियाँसम्म तिरेर बाहिर जिल्लामा १ सय ८० रुपियाका दरले बिक्री गरेका थिय ।
कार्यालयले तीन हजार ३६६ कार्टुन स्याउ जिल्ला बाहिर निकासीका लागि ढुवानीमा अनुदान दिएको परियोजना प्रमुख फडेराको भनाइ छ । परियोजनाले चंखेली गाउंपालिका बाट करिब १२ लाख ६० हजार बराबर स्याउ निर्यात गरेको र अन्य पालिकाबाट ५१ हजार ५ सय ५९ केजि निर्यात भएको बताएको छ ।
सडक संजालमा हुम्ला जोडिय संगै यस वर्ष परियोजनाको ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पैदल मार्गबाट स्याउ ढुवानी गर्ने कार्य सुरु भएको हो । यसका लागि ९ लाख बजेट परियोजनाले खर्च गरेको छ र किसानले ९ लाख बजेट ब्यहेर्नु परेको हो । हुम्लाबाट सुर्खेत, नेपालगन्ज र बुटवलसम्म निकासी भएको स्याउलाई ढुवानी अनुदान दिने गरेको परियोजनाका नायव प्राबिधिक सहायक बिस्नु भक्त जैसिले बताए ।
त्यसैगरी स्याउका दाना प्याक गर्नका लागि ८५ प्रतिशत अनुदानमा कार्टुन पनि किसानलाई उपलब्ध गराइएको छ । जसमा एउटा कार्टुनको मूल्य किसानले ३५ रुपियाँ तिरेका थिए । जिल्लामा उत्पादन भएको स्याउको बजारीकरणका लागि परियोजनाले ढुवानीमा अनुदानको व्यवस्था गरेको हो ।
कार्यालयमा जिल्ला भरी यो आर्थिक बर्षमा स्याउ जोन तर्फ २ सय ४८ फर्म र भेडा बाख्रा जोन तर्फ १ सय २० वटा कृषि फर्म सुचिकृत भएका छ्न । त्यसैगरी ढुवानिकालागि भने विभिन्न ८ वटा कृषि फार्महरु छनौट भएका छन ।