कालिकोटमा भूकम्पको धक्का



कालिकोट। कालिकोटमा भूकम्प गएको छ।

आज बिहान ५ बजेर ९ मिनेट जँदा ओडानकु केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ।