विश्वराज बमद्धारा सह-इन्चार्जको जिम्मेवारी अस्विकार



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विश्वराज बमले कालिकोटको सहइन्चार्जको जिम्मेवारी अस्विकार गरेका छन्।

नेकपा(एकीकृत समाजवादी) को तेस्रो स्थायी कमिटी बैठकले पारित गरेको अपानीमा नेता बमलाई कालिकोटको सहइन्चार्जको जिम्मेवारी तोकेको थियो। तर, उनले शनिबार सामाजिक सञ्जाल फेशबुकमार्फत पद अस्विकार गरेको र उक्त पदबाट आफूले राजिनामा दिएको जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय स्थायी कमिटीको निर्णयबाट मलाई कालिकोट जिल्ला सहईन्चाजको जिम्मेवारी दिने अध्यक्ष, महासचिव र सिङ्गो कमिटीलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु। तर, बिधि र पद्धतिको वलतगर्ने व्यक्ति हो। कार्य विभाजन गर्दा सिनियरबाट वा क्रियासिलता कार्यकुशलताबाट गरिने बिधि प्रचलन हो। यी दुबै बिधिअनुसार कार्य विभाजन नभएकोले मैले जिम्मेवारीमा बस्न नैतिकता र जिल्लाका ९९ प्रतिशत कमरेडहरुको सुझावको आधारमा मेरो पारिवारिक समस्या कारण म पार्टीले दिएको जिम्मेवारी बहन गर्न असमर्थ छु।’

उनले अगाडि लेखेका छन्,’एमालेमा पार्टी विधि पद्धति भएन भनेर वकालत गर्ने हामी आज फेरि हाम्रो पार्टीमा पनि एमाले प्रवृत्ति हावी वा अनुसरण गरेको हुनाले म पदभन्दा पद्धतिको वकालत गर्ने मान्छे हो। त्यसैले म पार्टीले दिएको जिम्मेवारी बहन गर्न असमर्थ छु। म तत्कालीन एमाले निकट अनेरास्ववियुको २०५६ बैसाखमा कालिकोट जिल्ला अध्यक्ष हो। २०६० एमाले कालिकोटको जिल्ला कमिटी सदस्य २०६४ मा कार्यालय सचिव, २०६५ मा जिल्ला कमिटी सचिव, २०६९ मा उपाध्यक्ष मा रहि जिम्मेवारी बहन गरेको २०७१ सालमा एमाले कालिकोटको कावा अध्यक्ष र कर्णाली अञ्चल कमिटी सदस्य नेकपा कालिकोटको जिल्ला कमिटी सचिव ,अदालतबाट नेकपा विभाजन पश्चात् एमालेमा समानन्तर कमिटी संयोजक २०७८ भदौ ०९ बाट एकीकृत समाजवादीको कालिकोट अध्यक्ष २०८१ असारबाट केन्द्रीय सदस्य छु। तर मेरो व्यक्तिगत समस्याका कारण पार्टीले दिएको कालिकोट सहईन्चार्ज पदको जिम्मेवारी बहन गर्न नसक्ने भएकोले म आजैका मितिबाट यसै सामाजिक सञ्जाल फेसबुकबाट राजिनामा दिएको जानकारी गराउछु। अब म केन्द्रीय सदस्य मात्र रहेर आवश्कता अनुसार जिल्ला, केन्द्र, नगरपालिका र गाउँपालिका वडामा सकेसम्म काम गर्ने जानकारी गर्दछु।’