काठमाडौँ। एनपीएलको इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका बिपिनप्रसाद शर्माले पाएका छन्।
१६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ। शर्माले कर्णालीका लागि १३ विकेट लिए। उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन्।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ। त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे।
उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन्। सर्वोत्कृष्ट खेलाडी पनि सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बनेका छन्। उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन्। एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए। उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्।
इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए। उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन्।अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ।