काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गते (चैत १६)देखि हुने छ।
एनएसइएम र अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएलको नयाँ संस्रकण घोषणा गर्नु पाउनु सुखद भएको बताएको छ ।
यस्तै एनएसइएमका म्यानेजिङ डिरेक्टर श्रेयांस कार्कीले तेस्रो संस्करण घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका छन् । कार्कीले एनएसएललाई फुटबलका सबै स्टेक होल्डरहरुले उत्साहका साथ हेर्ने भन्दै अब हुने सिजन अझ बेटर हुने बताए ।
यस्तै एन्फा महासचिव किरण राईले एनएसएल नेपालको फुटबल विकासमा महत्वपूर्ण हुने र क्यालेन्डरमै समावेश हुने बताए ।
एनएसएलअघि नेपालले मार्च २५ अर्थात चैत १२ गते एएफसी एसियन कप तेस्रो चरण छनोट अन्तर्गत घरेलु मैदानमा मलेसियासँग खेल्नेछ ।
पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।