सुर्खेत। कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न भएको छ।
कर्णाली प्रदेश योजना आयोगले ०८१÷८२ देखि ०८५÷८६ सम्मको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि आज कर्णालीमा कार्यरत प्राज्ञिक व्यक्तित्व र सञ्चारकर्मीहरूसँग छलफल सम्पन्न गरेको हो।
छलफल कार्यक्रमको उद्घाटन मुख्यमन्त्री तथा आयोगका अध्यक्ष यामलाल कँडेलले गर्नुभएको थियो। शुक्रबार आयोजना भएको छलफलमा मुख्यमन्त्री कँडेलले नितिमा जोड दिदै कर्णाली प्रदेश सरकार र सरोकारवाला सबैका लागि मार्गनिर्देश गर्ने र सबैले ग्रहण गर्न लाएक पारितउन्मुख दस्ताबेज तयारीमा रहेको बताउनु भएको हो।
कार्यक्रमा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको मन्तव्य सहित योजना आयोगले समष्टिगत रूपमा समृद्ध कर्णाली निर्माणका लागि सुशासन, सामाजिक न्याय र सबैले स्वीकार गर्न सक्ने नीति र योजना बन्न लागेकोमा खुसी ब्यक्त गर्नु भएको हो।
कार्यक्रममा आयोगका उपाध्यक्ष माननीय सुर्यनाथ योगिले जिल्लागत विषयगत ,मन्त्रालयगत,प्रदेश सभाका माननीयहरु, विकास साझेदार ,निजि सहकारी क्षेत्र संग र लक्षित वर्गसँग बसेर सुझाव संकलन गर्ने गरिएको र अब पारित उन्मुख रहेको बताउदै मस्यौदा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा स्वागत तथा उद्देश्य माथि प्रकाश पार्दै प्रदेश योजना आयोगका सदस्य माननीय अशोकनाथ योगीले कर्णाली प्रदेश योजना आयोगले विभिन्न चरणमा विभिन्न निकायबाट प्राप्त सुझावहरूलाई समेट्दै शक्तिशाली, वैभवशाली र समृद्धशाली कर्णाली निर्माणको परिकल्पना गरेको बताउनु भएको हो। छलफलमा उपस्थित सरोकारवाला र सञ्चारकर्मिहरुको रायसुझाव समेत राख्नुभएको थियो।