मिलिजुलीद्वारा जाजरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण



जाजरकोट। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको सयुक्त आयोजनामा जाजरकोट जिल्लाको बिकट क्षेत्रमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामाग्री वितरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेशम बहादुर शाही, मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव शर्मा, उपाध्यक्ष सुमन थापा, सचिव अजय पाण्डे र कार्यसमिति सदस्य सोनिया राईलगाएत अभिभावक, विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक पुर्णिमा श्रेष्ठले बताउनुभयो।

कोसेली छाला जुत्ता उधोगका सञ्चालक रविन कुमार श्रेष्ठ र उषा श्रेष्ठको ३२औँ वर्षगाठको अवसरमा मिलिजुली सामाजिक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा ७७ जना बालबालिकाहरूको लागि ७७ जोर ट्र्याकसुट, ७७ जोर इनर, ७७ जोर छाला जुत्ता, ७७ वटा उनी टोपि, मोजा, ७७० पिस पेन्सिल, १६० पिस डटपेन र ६०० पिस कपि बितरण गरेको श्रेष्ठले बताउनुभयो।

गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानले सयुक्त रुपमा आयोजना गरेको ूहाम्रो इच्छा विपन्न बालबालिकामा पुर्‍याउ शिक्षा भन्ने मुल लक्ष्यका साथ जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिका—११ कोर्ताङ्गस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्यनरत बालबालिकाहरुको लागि ३ लाख २५ हजार बराबरको न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामग्री वितरण गरेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले जानकारी दिए।

कार्यक्रममा बोल्दै उक्त बिधालयका प्रधानध्यापक रेशम बहादुर शाहीले जाजरकोट जिल्ला त्यसैपनि बिकट जिल्ला रहेको र कोर्ताङ्ग झनै बिकट रहेको हुँदा यस विद्यालयमा अहिलेसम्म कुनै पनि संघसंस्थाको सहयोग प्राप्त हुन सकेको थिएन।

तर, गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानले हाम्रा नानिबाबुहरूलाई माया गरेर काठमाडौँदेखि जाजरकोट कोर्ताङ्गसम्मको यात्रा तय गर्दै आएकोमा आभार प्रकट व्यक्त गर्दै धन्यवाद दिएका थिए।

समाजमा रहेका हरेक व्यक्ति अनि उनीहरूको पेसा प्रतिको सोचलाई सामाजिक कार्यमा सरिक गराउन सकेको खण्डमा समाज उन्नतशील र समृद्ध हुन्छ। यस्तै सोचले उत्प्रेरित भएर मानविय सेवामा समर्पित हुदै बालबालिका देशको भविष्य र समृद्धिको लागि शिक्षा अपरिहार्य हुन्छ भन्ने उदेश्य लिएर विपन्न बालबालिकाहरूको लागी उचित शिक्षा र महिला दिदीबहिनीहरू आत्मनिर्भर बनाउन मिलिजुली सामाजिक प्रतिष्ठान तथा गणेश कृष्णप्यारी स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्रतिष्ठानकी संरक्षक रारा सैंजुले बताउनुभयो।

प्रतिष्ठानले १८०औँ कार्यक्रम गरिरहदा हालसम्म देशका बिकट क्षेत्रमा रहेका बिधालयमा पुगेर बालबालिका हरुलाई न्यानो कपडा, बिधालय पोशाक, छाला जुत्ता र शैक्षिक सामाग्री हस्तान्तरण गर्नुको साथै बालआश्रम तथा बृद्धआश्रममा रहेका बालबालिका तथा बुबाआमाहरुलाइ समय समयमा भोजन गराउदै आएको मिलिजुली परिवारकी कार्यसमिति सदस्य सोनिया चामलिङ राइले बताउनुभयो।