कालिकोट जिल्लाको रास्कोट अस्पतालमा ३ दिने स्त्री रोग विशेषज्ञ तथा अर्थोपेडिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

डक्टर्स फर नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना रहेको ३ दिने स्वास्थ्य शिविरमा करिव १ हजार जनाले सेवा पाएको प्रतिष्ठानका उपकुलपती डा. मंगल रावलले बताए । रावलले बताए अनुसार हाडजोर्निका करिब ८ सय र स्त्रीरोग र प्रसुती रोग सम्बन्धिका ६ सय बिरामिले सेवा पाएका हुन । उक्त शिविर रास्कोट नगरपालिका कालिकोटको समन्वयमा सम्पन्न भएको हो ।
जुम्लामा रहेको प्रतिष्ठानले कर्णाली र दुर्गम भेगमा स्वास्थ्य उपचार नपाइ समस्यामा रहेका बिरामिहरुलाइ उपचार बाट बन्चित नहोस भन्ने हेतुले स्थापनाकाल देखि नै दुर्गम क्षेत्रलाइ बढी फोकस गरिरहेको पाइन्छ । प्रतिष्ठानमा आइ उपचार गर्न नसक्ने दुर्गमका जनताले सेवाबाट बन्चित हुन नपरोस भन्ने उदेश्य्ले पछिल्लो समय रावल नेतृत्वको समुहले अझ बढी यस्ता शिविरको संचालन गरिरहेको शिविरमा आइपुगेका कालिकोटका हेमन्त नेपालिले बताए। नेपालिले भने ” घरमै विशषज्ञ सेवा दिन आउनुभएकोमा डा.सापको नेतृत्वलाइ धन्यवाद ।”
डाक्टर रावलले रास्कोट शिविरमा सहयोग गरेकोमा सामाजिक संजालमा लेखेकाछ्न” ठूलो योगदानको लागि सबै DFN र KAHS परिवारलाई धन्यवाद ” ।
शिविर कार्तिक ५ दिल्ली ८ गते सम्म संचालन भएको थियो ।