काठमाडौँ। नेकपा एमालेले ७ दिन म्याद दिएर तीन नेतालाई स्पष्टीकरण सोधेको छ ।
मंगलबार एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो ।
एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोधेको हो । यसअघि एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टीले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको एक नेताले बताए । उनले तोकिएको समयमा स्पष्टीकरण पेस गर्न पनि बताए । एमाले पार्टीको विधानको धारा ८१ अनुसार स्पष्टीकरण सोधेको छ ।