काठमाडौं। ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको पहिलो खेलमा कर्णाली ललितपुरमाथि ३-० को जित हासिल गर्यो।
कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो। तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो।
ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो ।उता, कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो।
३ खेलमा कर्णालीको ८ र ललितपुरको ६ अंकमा छ। कर्णाली शीर्षमा र ललितपुर दोस्रो स्थानमा छ। आजै हुने दोस्रो खेल काठमाडौं स्पाइकर्स र गन्डकी थन्डर्स तथा तेस्रो खेलमा चितवन शक्ति र मधेश युनाईटेडबीच खेल हुनेछ। लगातार तेस्रो जितका साथ कर्णाली शीर्ष स्थानमा रहॅंदा तेस्रो खेलमा पहिलो पटक पराजित ललितपुर दोस्रो स्थानमा छ।