बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो



काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन्।

काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ। १० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन्। उनीहरुको निःशुल्क उपचार भइरहेको छ।

करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ। आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ।