युवा निति सञ्जालले भन्यो,’राजनीतिप्रति युवाको वितृष्णा भविष्यका निम्ति घातक’



काठमाडौँ। युवा निति सञ्जालले राजनीतिमा युवाहरुको न्यून सहभागिताका सम्बन्धमा चिन्ता व्यक्त गरेको छ।

शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर सञ्जाले उक्त चिन्ता व्यक्त गरेको हो। सञ्जालले ४३ प्रतिशत युवा भएको देशमा राजनीतिप्रति बढ्दो वितिष्णा बिडम्बना हुने बताएको छ।

सञ्जालले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘करिब ४३ प्रतिशत जनसङ्ख्या रहेको नेपालको युवा वर्गको ठूलो पङ्क्तिले राजनीतिक गतिविधिमा रुची नराख्ने गरेको र राजनीतिक प्रक्रियामा सहभागिता जनाउन अनिक्षुक रहेको वर्तमान स्थिति नेपालको राज्य व्यवस्था र लोकतान्त्रिक प्रणालिका निमित्त खतराको विषय हो। त्यसमा पनि, तथ्यांक अनुसार राजनीतिक रूपमा सचेत युवा जनसंख्या हुनुको अर्थ उनीहरू सबै सक्रिय मतदाता हुन्छन् भन्ने छैन। राजनीतिक सचेतना र सक्रिय मतदानको सन्दर्भमा, विभिन्न प्रदेशहरूमा सहभागिता फरक(फरक रहेको देखिन्छ। उदाहरणका लागि, मधेशका युवाहरू सातै प्रदेशहरूमध्ये राजनीतिक रूपमा सबैभन्दा सक्रिय भए पनि, सक्रिय मतदानको दृष्टिकोणले कर्णाली र गण्डकीपछि तेस्रो स्थानमा पर्छन्।’

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राजनीतिक इतिहासमा युवाहरुको संलग्नता, प्रभाव र महत्वपूर्ण, योगदान अपरिहार्य थियो, छ र सधै रहिरहने छ। एकतर्फ, समयको अन्तरालमा राजनीतिक प्रणाली, आर्थिक क्रियाकलाप र नागरिक भूमिकामा यावत् परिवर्तन हुँदैर्दा विगतको तुलनामा आजका युवाहरु बढी शिक्षित र जानकार छन् । साथसाथै, राजनीतिक, निर्वाचन तथा नीतिनिर्माण का पक्षहरुको सुचना सामग्रीमा पनि उनिहरूको पहुँच बढ्दो छ। बढ्दो युवा राजनीतिक ९स०चेतना र निर्वाचनमा उनीहरू को सहभागिताको पृष्ठभूमिमा नेपालको लोकतन्त्रलाई सुदृढ गर्न, राजनीतिक नेतृत्वले युवा आवाज र आकांक्षालाई बुझ्नु र सोको यथोचित सम्बोधन गर्नु अत्यावश्यक छ । हालको राजनीतिक परिदृष्य हेर्दा, निर्वाचनका क्रममा राजनीतिक दलको घर दैलो अभियान सम्हाल्ने युवा, भोट माग्ने युवा, अग्रपङ्क्तिमा रही आन्दोलनको नेतृत्व गर्ने युवा, हरेक परिस्थितिमा नेताहरूको सुरक्षा कवज बनी खडा भइरहँने युष तर जिम्मेवारी, ओहोदा, पद, सम्मान, योजना र श्रोत बांडफांडको विषय आउँदा सबैभन्दा पछाडी पर्ने पनि यूवा १ यसरी आफ्नो सम्पूर्ण समय, शक्ति र सामर्थ्य निरन्तर रुपमा खर्चिएको भएतापनि, नेतृत्वमा उचित अवसर नपाऊँदा, आफ्नो अस्तित्व नै स्विकार हुन नसक्दा तथा नेतृत्वले आफ्ना तमाम योगदानहरू समयक्रममा बिर्सिदिँदा यूवाहरूमा हाल चरम निराशा छ।’