सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौँ। सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन्। यसअघि सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँच आधार प्रस्तुत गरेको थियो।