कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित



कालिकोट। आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि सम्पूर्ण तयारीका बाबजुद अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गरिएको हो।

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैथिए। स्थापना भएको १३ वर्षपछि गर्न लागिएको दीक्षान्त समारोह स्थगित गएिको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए।

कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने विद्यार्थी, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो। तर, एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले जानकारी दिए । यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ।