एकीकृत समाजवादीको केन्द्रीय सचिवका उम्मेदार गणेश विश्वकर्मा को हुन ?



काठमाडौँ। २०४५ सालमा जयपृथ्वी क्याम्पसको स्ववियू सचिव हुंदै बझांग अनेरास्ववियूको संस्थापक सचिव हुंदै अनेरास्ववियू ११ औं राष्ट्रिय सम्मेलनबाट सर्वाधिक मत पप्त गर्दै सेतीबाट राष्टिय परिषद सदस्यको जिम्मेवारी लिएर डोटी बहुमुखी क्याम्पसमा अखिलका तर्फबाट सिंगै प्यानल विजय गराउँदै डोटी जिल्लामा शिक्ष संगठन र पार्टीको जिल्ला कमिटी सचिव भएर काम गरेको गणेश विश्वकर्मा सोही जिल्लाबाट तत्कालिन दलित मुक्ति समाजको केन्द्रीय सचिव हुनुभयो।

नेकपा (एमाले) को छैठौँ महाधिवेशनपछि पार्टीको केन्द्रीय सामाजिक सेवा विभाग हुंदै मानवअधिकार एलाइन्सको केन्द्रीय अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दैै ७५ वटै जिल्लामा संगठन निर्माण तथा देश विदेशमा यसको सम्पर्क विस्तार गर्नेै काम गर्नु भयो। भने ८औँ महाधिवेशबाट पार्टी केन्द्रीय अनुशासनमा निर्वाचित हुनुभयो।

२०४६ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरेका उनले पार्टी संगठित सदस्यता प्राप्त २०४८ साल जेठमा प्राप्त गरेका थिए। २०४८ देखि २०५४ सम्म तीन कार्यकाल नेकपा (एमाले) जिल्ला कमिटी डोटीको निर्वाचित जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठन परिचालन विभाग प्रमुख र संगठन विभाग प्रमुख भएर काम गर्नु भयो । नेकपा एमालेको चर्चित ९ महिने सरकारलाई जनतामा स्थापित गर्न २०५१ मा गाउँ जागरण (गाजा) अभियानको प्रमुख बक्ताको रुपमा डोटीका सबै गाविस र नगरपालिकामा पुग्नुभयो।

२०५६ सालमा फ्याक्सन कमिटी सचिवका हैसियतले पार्टीको राष्ट्रिय परिषद सदस्य हुनुभयो । पार्टीका राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद तथा केन्द्रीय र अञ्चल तथा जिल्ला स्तरीय प्रशिक्षणमा प्रशिक्षकका हैसियतले भूमिका निर्वाह गर्नुभयो। पार्टी पुनगर्ठन पछि नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य तथा स्कूल विभाग सदस्यको भूमिकामा आफ्नो जिम्मेवारी निर्वाह गर्नु भयो भने नेकपा (एकीकृत समाजवादी) को दशैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९३ जनाभित्र केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनु भयो । दशौं महाधिवेशन दस्तावेज कमिटीको सदस्यको हैसियतले उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

नेपाली दलित आनदोलनमा एक जना बौद्धिक तथा वेचारिक नेताका रुपमा परिचित गणेश विश्वकर्मा एमाले समबद्ध ततकालिन मुक्ति समाज नेपालको महासचिव हुनुहुथ्यो भने हाल नेकपा एकीकृत समाजवादी सम्बद्ध नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ।

उहाँ राजनीतिशास्त्रमा पिएचडि गर्दै हुनुहुन्छ भने उहाँ सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्ष समेत हुनुभएको थियो। उहाँले कम्युनिष्ट आन्दोलन, दलित आन्दोलन, भूमिसुधार र मानवअधिकार आन्दोलनमा सयौं लेख तथा रचना प्काशित गर्नुभएको छ। उहाँले विभिन्न विषयका कार्यपत्र प्रस्तुति तथा संबोधनका लागि अमेरिका, चीन, स्वीजरल्याण्ड, टर्की, फ्रान्स, भारत, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, वंगलादेश, कतार, फिलिपिन्स आदि देशको भ्रमण गर्नु भएको छ।