काठमाडौं। नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी १६८ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना घाइते भएका छन् । यो अवधिमा ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीको कारण बिहीबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६९ वटा घर, १०२ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।
४ हजार २९२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा प्राकृतिक विपद्मा परी ७६४ पशु चौपायको मृत्यु भएको छ ।