काठमाडौं। बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपाल चौधरीकाअनुसार भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुनेछ। उनकाअनुसार शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ।