काठमाडौँ। विशेष फिल्मसले ‘किन्दिनु बाबाले झुम्काना’ बोलको तीज गीत बजारमा ल्याएको छ।
‘किन्दिनु बाबाले झुम्काना’ गीतमा सुदूरपश्चिमका चर्चित कलाकारहरूको संयुक्त स्वर रहेको गायिका शोभा थापाले जानकारी दिएकी छन्। विशेष रेकर्डिङ स्टुडियोकी सञ्चालकसमेत रहेकी थापाका अनुसार गीतमा कलाकारहरू हेमन्त भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरुता खत्री, दिपा रोकाया, पशुपति खनाल, भावना चन्द, कृष्ण सिराडी, ऋतु थापा, गौरी ओझा, सिमरन दुलाल, अनिता साउदलगायतको स्वर रहेको छ।
हेमन्त भट्टराइको शब्द/संगीत रहेको गीतको संगीत संयोजनमा विजय थापाले गरेका छन्। हिन्दु नारीहरुको महान पर्वका रूपमा लिइने हरितालिका तीज-२०८१ लाई लक्षित गरी बनाएको उक्त तीज गीतमा संस्कार र संस्कृतीलाई समेट्ने प्रयास गरिएको गायिका थापाको भनाई छ। प्रविण थापाको निर्देनमा तयार पारिएको गीतमा सिम्रन दुलाल, अनिता साउँदलगायतका कलाकारहरुले अभिनय गरेका छन्।
भिडियो हेर्नुहोस्