काठमाडौँ। वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ।
श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो। प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो।
युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो। नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्।