काठमाडौँ। समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो ।
‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ। यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ । यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ ।’