रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी



काठमाडौँ। सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ।

गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए ।

उनले यसका लागि यातायात व्यवसायीसहितका सरोकारवालालाई गृहमन्त्रालयमा बोलाइएको भन्दै केहीबेरमा छलफल गरेर आवश्यक निर्णय हुने रातोपाटीलाई बताए ।  ‘हामी छलफलमा छौँ, सरोकारवालासँग बसेपछि सबै विषय टुंगिन्छ’, उनले भने।

उनका अनुसार शुक्रबार ११ बजेका लागि बैठक बोलाइएपनि सरोकारवाला आउने क्रम जारी रहेकाले अब केहीबेरमा सुरु हुनेछ ।