काठमाडौँ। हाम्रो साझा एरोबिक डान्स, काठमाडौँका मुख्य गुरू चन्नु चौधरी अमेरिका जाने भएका छन्।
डान्सकी सञ्चालिका रिमा सुब्बाकाअनुसार चौधरीले विगत ८ वर्षदेखि एरोबिकमा मुख्य प्रशिक्षकको भूमिका थिए। चौधरीलाई शुक्रबार बिहान भृकुटिमण्डपमा एक कार्यक्रमका बिच बिदाई गरिएको सुब्बाको भनाई छ।
सञ्चालक सुब्बाकाअनुसार चौधरी डिभि परेर अमेरिका जाने भएका हुन्। चौधरीलाई सञ्चालिका सुब्बा, सल्लाहकारहरू, सहायक प्रशिक्षक सरिता केसी र प्रशिक्षार्थिहरूले खादा, माला, अविरले लगाएर विदा गरेका थिए।
३० हजार नगत र मायाको चिनो प्रदान
सञ्चालिका सुब्बाकाअनुसार चौधरीलाई ३० हजार नगतसहित मायाको चिनो प्रदान गरिएको थियो। चौधरीलाई डान्स क्लासमा डान्स सिक्न आउनेहरूले कसैले नगद त कसैले सुड्केश, कपडाहरू उपहार स्वरुप प्रदान गरेको सुब्बाको भनाई छ।
एरोविक डान्सकी सन्चालिका सुब्बाले मुख्य प्रशिक्षक चौधरीको प्रशसा गर्दै सालिन, मेहेनती र मिलनसार रहेको बताइन। गुरुले सिकाउनु भएको ज्ञानलाइ सदैब प्रयोगमा ल्याउने प्रतिबद्द्ता गर्दै सुब्बाले भनिन्,‘अमेरिकामा रहँदा पनि आफ्नो ज्ञानलाइ निरन्तरता दिनुहुने विश्वास छ।’
बिदाइको क्रममा बोल्दै मुख्य प्रशिक्षक चौधरीले गहभरी आँसु झार्दै भने,‘यो आठ वर्ष मेरो लागि खुशीको दिनथियो, बिदा हुनुपर्द्दा दुःख लागेको छ। यतिका दिन आफूलाई साथ सहयोग दिने रिना दिदीलगायतलाई धन्यवाद दिन चाहान्छु।’
तस्बिर: मुकुन्द कालिकोटे