हाम्रो साझा एरोबिक एण्ड डान्सले मनायो आठौँ वार्षीकोत्सव



काठमाडौँ। हाम्रो साझा एरोबिक एण्ड डान्स, काठमाडौँले आफ्नो आठौँ वार्षीकोत्सव मनाएको छ।

शनिबार राजधानीको भृकुटिमण्डपमा संस्थाले आफ्नो आठौँ वार्षीकोत्सव मनाएको हो। वार्षीकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाकी सञ्चालक रिमा सुब्बाले जानकारी दिएकी छन्।

‘रक्त दान, जीवन दान’ भन्ने मुल नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा ३८ जनाले रक्त दान गर्नु भएको छ। सुब्बाकाअनुसार नेपाल रेडक्रशको स्वास्थ्य टोलीको समन्वयमा रगत संकलन गरिएको थियो। संस्था विगत आठ वर्षदेखि विभिन्न सामाजिक कार्यक्रम गर्दै आफ्नो वार्षीकोत्सव तथा विभिन्न गतिविधि गर्दै आइरहेको छ।