क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त



काठमाडौं। नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपाल टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए ।

८ वर्ष वेष्ट इण्डिजको सिनियर टिमसँग काम गरेका एस्टविक भन्छन्, ‘नेपाल क्रिकेटसँग काम गर्ने अवसर पाउनु मेरा लागि अवसर र सम्मान हो ।’ नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए ।

प्रशिक्षक मोन्टी देशाईले ह्यापिङ ड्रेसिङ रुपमा एस्टविकलाई स्वागत गरेका छन् । वेष्ट इण्डिजमा एकसाथ काम गरेको भन्दै उनले उनको आगमनले नेपालका फास्ट बलरहरुलाई निकै फाइदा हुने बताएका छन् ।