हङकङ ट्वान्टी २० शृंखलाको लागि नेपाली टोली घोषणा



काठमाडौँ। आकाश चन्द, विनोद भण्डारी, लोकस बम, रसिद खानलाई समेट्दै हङकङमा आयोजना हुने ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा रोहितसहित, कुशल भुर्तेल, विनोद, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश, आकाश र अभिनाश बोहरा छन्।

नेदरन्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाहले विश्राम पाएका छन्।

क्यानका अनुसार नेपालले हङकङ चाइनामा पपुवा न्युगिनी ९पिएनजी०सहित त्रिदेशीय ट्वान्टी २० शृंखला खेल्नेछ। नेपालले पहिाले खेल मार्च ९ मा हङकङसँग खेल्ने तालिका छ। मार्च १० मा हङकङसँग खेल्दा मार्च १२ मा पिएनजीसँग खेल्ने तालिका छ।