बलात्कारी पनि दुई प्रकारका हुने रहेछन्: समीक्षा अधिकारी



काठमाडौँ। गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन्।

उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन्। अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’